नाइजेरियामा निर्माणाधीन २२ तले अग्लो भवन भत्किँदा ४ जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नाइजेरियामा निर्माणाधीन २२ तले अग्लो भवन भत्किँदा ४ जनाको मृत्यु


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौँ बेपत्ता छन् ।

भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन् ।

भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन ।

अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजे खसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस