बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी


१५ कार्तिक २०७८, सोमबार


चितवन । महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।

उनले भनिन्, ‘विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर नेपालमा पनि आउँछ ।’

खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन् । कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन् ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताइन् । उनले भनिन्, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उनका भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस