सुनचाँदीको मूल्यमा सामान्य वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा आइतबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २४५ कायम भएको छ ।

चाँदी आइतबार प्रतितोला रु एक हजार २४० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस