जापानमा रेलवे स्टेसनमा छुरा प्रहार, १७ जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जापानमा रेलवे स्टेसनमा छुरा प्रहार, १७ जना घाइते


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । जापानमा रेलवे स्टेसनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् ।

राजधानी टोकियोस्थित भूमिगत रेलवे स्टेसनमा एक अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बिबिसीले जनाएको छ ।

भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेसनमा जथाभाबी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टोकियोको पश्चिममा रहेको काकुरियो स्टेसनमा घटना भए लगत्तै यात्रुहरु रेलको झ्यालबाट हाम फालेका दृश्यहरू टेलिभिजनमा प्रसारण भएका थिए ।

घटनामा संलग्न रहेको आशङ्कामा २० वर्षीय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । चक्कु प्रहार भए लगत्तै गाडीमा आगजनीसमेत भएको बताइएको छ । सो व्यक्तले नै सवारीसाधनमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भए लगत्तै यात्रुहरुबीच भाग दौड भएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भए पनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ ।

गत अगस्टमा टोकियोमा गुडिरहेको रेलमा छुरा प्रहार हुँदा १० जना घाइते भएका थिए । सन् २०१९ मा पनि विद्यालयको बस कुरेर बसेका विद्यार्थीको समूहमा आक्रमण गर्दा २ जनाको मृत्यु र १८ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस