नेकपा (एकीकृत समाजवादी) खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा रार्ई « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेकपा (एकीकृत समाजवादी) खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा रार्ई


१५ कार्तिक २०७८, सोमबार


खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिका स्तरीय इन्चार्ज र सह इन्चार्ज तोकिएको छ ।

यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिका स्तरीय इन्चार्ज र सह इन्चार्ज एवं जन वर्गीय सङ्गठन निर्माण गरेको हो ।

जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उनले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गरेका हुन् ।

पचपन्न सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उपसचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन्। जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको जनाइएको छ ।

बैठकले जिल्लाका दश वटै स्थानीय तहमा इन्चार्ज र सह इन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए । उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सह इन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सह इन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसै गरी बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सह इन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सह इन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सह इन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सह इन्चार्ज पेशल गुरागाँइ, साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सह इन्चार्जमा शिवेन्द्रकुमार राई चयन भएका छन्।

यस्तै ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सह इन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सह इन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा ईश्वर श्रेष्ठ र पछि राख्ने गरी सह इन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले)मा हुँदा जोडेका सम्पत्तिका बारेमा तपाईँहरुको दाबी रहन्छ कि रहन्न रु भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले जानकारी दिए । ‘एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ’, उनले भने, ‘केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।’

राप्रपा खोटाङको अध्यक्षमा ललितकुमार

राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको जिल्ला अध्यक्षमा ललितकुमार राई ‘जीवन’ चयन भएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको निर्वाचित वडाध्यक्ष बनेका उनी राप्रपाको आइतबार सम्पन्न प्रथम अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

विसं २०३७ देखि गाउँ कार्यसमिति सदस्य हुँदै जिल्ला युवा सङ्घको अध्यक्ष भएका उनी २०५४ मा पार्टी विभाजन हुँदा जिल्ला सहसचिव, राप्रपा जनशक्ति र राप्रपा एकता हुँदा सर्वसम्मत जिल्ला अध्यक्ष बनेका थिए । राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकता भएपछि जिल्ला सह अध्यक्ष, प्रदेश नं १ को सहसचिव र त्यसपछि पुनः पार्टी फुटेपछि जिल्ला अध्यक्ष बनेका थिए ।

राप्रपा नेपाल र राप्रपाबीच पुनः पार्टी एकता भएपछि आयोजित प्रथम जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।

एकैसाथ आयोजना गरिएको क्षेत्र तथा जिल्ला अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ । दुवै क्षेत्रमा ७७/७७ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको नवनिर्वाचित जिल्ला अध्यक्ष राईले जानकारी दिए ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएको जनाइएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा ९५ सदस्यीय समिति गठन गरिएको पार्टीले जनाएको छ ।

क्षेत्रको अन्य पदाधिकारी क्षेत्रले र नगरको अन्य पदाधिकारी नगरले छान्ने राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रविन चाम्लिङले बताए । जिल्लामा आमसभासहित उद्घाटन गरिएको अधिवेशनको अवसर पारेर पार्टीले दिक्तेल बजारमा र्‍यालीसमेत निकालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस