कैलालीमा खैरो हिरोइन सहित तीन जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा खैरो हिरोइन सहित तीन जना पक्राउ


१४ कार्तिक २०७८, आइतबार


कैलाली । धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ प्रतीक विष्टले बताए ।

निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस