पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनहरुको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनहरुको माग


१३ कार्तिक २०७८, शनिबार


काठमाडौँ । विभिन्न ६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रवार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (छैटौँ)का अध्यक्ष देवेन्द्र कुँवरले माग गरेका हुन् ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस