पेन्डोरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेन्डोरा


१३ कार्तिक २०७८, शनिबार


पेन्डोरा खुल्यो
हान्नेले जान्यो
गन्नेको काम गन्दै गर
लेख्नेले लेख्दै गर,

काम नभएकाले पढ्दै गर
कराउने बानी भएका
नेपाली कराउँदै गर,
हामीले गरेकै हो
फेरि गर्छौँ

अर्को साल लेख्न
कलम र कागज तैयार राख्दै गर्नु
पैसा कसको हो थाहा नभए जस्तो नगर
तिमी वरिपरिका
तिमिले चिनेको
तिमिले जानेका को हो
हिम्मत भए पत्ता लगाऊ
पत्ता लगाउने काम तिम्रो,

ऐन नियमका पोथी पढेकै छौँ
बुझ्ने सबै बुझेकै छौँ
मिलाउन जानेकै छौँ
मैँ हुँ भन्नेलाई खल्तीमा राखेकै छौँ
दिनेलाई तौलेर दिएकै छौँ

छोरा छोरी पढाउनहोस्
चुनाव लड्नहोस्
जग्गा किन्नहोस्
घर बनाउनहोस्
धेरै न सोध है
लेख्दै जाने हो भने
कापी नै भरिन्छ

अनुहार पर्दा भित्रै रहन देऊ
बाहिर ठुल ठुला कुरा गर्नेको
राती परे पछि
हाम्रो ढोकामा नाक रगड्ने हरूको,
पशुपतिनाथले पनि कल्याण गरेका छन्
गर्ने नै छन्,

सुन्ने लाई सुनको माला
भन्नेलाई फुलको माला
यो कथा सुन्ने वैकुण्ठै जाला !

प्रतिक्रिया दिनुहोस