परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकले कक्षा ४ र ५ तथा कक्षा ९ र १० का लागि परीक्षण गरिएका नेपाली अंग्रेजी, गणित, विज्ञान तथा वन वातावरण, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक र सिर्जनात्मक कलाजस्ता अनिवार्य र केही ऐच्छिक विषयका पाठ्यक्रमलाई ‘मास’ स्तरमा लाने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

कक्षा ९ र १० मा भने सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको साटो सामाजिक अध्ययन विषय हुनेछ भने स्वास्थ्य शारीरिक विषय हुनेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस