आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्रमन्त्रीको जोड « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्रमन्त्रीको जोड


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र स्विट्जरल्याण्डबीच आर्थिक संलग्नता र साझेदारी अभिवृद्धिमा जोड दिएका छन् ।

नेपालका लागि उक्त मुलुकका राजदूत एलिजाबेथ भोन क्यापलरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले दुवै देशले आर्थिक संलग्नता बढाउनु पर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा उनीहरूबीच आपसी सम्बन्ध, पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुनाका साथै द्विपक्षीय र बहुपक्षीय सहयोगका विभिन्न पक्षमा पनि विचार आदानप्रदान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस