२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप, दुई केन्द्रीय सदस्यले अध्यक्ष ओलीबाट लिए शपथ

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर एक हजार ९९९ कायम गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकले प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभर निर्वाचन गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा लागि प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोटिङ र समीक्षाको कार्यसूची राखिएको थियो । स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । बैठकमा महाधिवेशनमा प्रयोग गरिने विद्युतीय मतदातको नमूना अभ्यास गरिएको थियो ।

दुई केन्द्रीय सदस्यको सपथ

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराएका थिए ।