ललितपुरमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललितपुरमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने


१२ कार्तिक २०७८, शुक्रबार


ललितपुर । ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको छ । महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको जनाएको हो ।

नागरिकता प्रमाणपत्र र वडा कार्यालयबाट प्रमाणित भई आएको नामावलीको आधारमा निमोनियाविरुद्धको खोप ९पीसीभी–१३० दिइने महानगरको सूचनामा उल्लेख छ । खोप कार्यक्रम कात्तिक १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । वडामा रहेका खोप केन्द्रमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म लगाउन सकिने महानगरले जनाएको छ ।

कात्तिक १४ गते वडा नम्बर १ –५ र २८, २९, कात्तिक १५ गते वडा नम्बर ६–१३ मा, कात्तिक १६ गते वडा नम्बर १४ देखि २०, कात्तिक १७ देखि वडा–२१ देखि २७ सम्म खोप लगाइने महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार दोस्रो चरणमा ७० वर्षदेखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस