अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह


१२ कार्तिक २०७८, शुक्रबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ ।

बिहीबार संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहमदले सो कुरा बताएकी हुन् । उनले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भनेकी हुन् । उनले भनेका थिए कि अफ्रिकालाई यतिखेर खास गरी सबैभन्दा बढी सहयोग कोभिड १९ का विरुद्धमा चाहिएको छ ।

अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उनले बताएकी थिइन् । साथै उनले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरुले ऐक्यबद्ध भएर सहयोग गर्नु पर्दछ भनेकी हुन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उनले राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बोल्दै अफ्रिकालाई अहिले विशेष गरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राखेका हुन् ।

उनले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताए । उनले भने– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति अवाश्यक छ र यसका लागि विश्वका देशहरुले खोप तथा खोप किन्नका लागि अनुदानको आवश्यकता परेको छ ।

त्यस बाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोग लगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरुको ऐक्यबद्धता आवश्यक रहेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस