सोलुखुम्बुमा एक वृद्धको शव बेवारिसे अवस्थामा फेला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सोलुखुम्बुमा एक वृद्धको शव बेवारिसे अवस्थामा फेला


१२ कार्तिक २०७८, शुक्रबार


सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ ।

हिजो (बिहीबार) एक वृद्धको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

नाम थर ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस