सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैङ्कको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैङ्कको घोषणा


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ। विश्व बैङ्कले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ ।

सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भइरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भइरहेको बेला विश्व बैङ्कले सुडानलाई दिँदै आएको सहयोग रोक्ने बताएको हो ।

सेनाले असंवैधानिक तरिकाले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ ।

धमाधम आर्थिक अनुदान सहयोग काटिन थालेकाले नाजुक अर्थतन्त्र भएको सुडानले गम्भीर परिणामहरू भोग्नुपर्ने आर्थिक विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

यसैबिच विश्व बैङ्क र एयुकै कदमका कारण सैनिक विद्रोहका नाइके जनरल अब्देल फत्ताह बुर्हानमाथि नागरिक सरकारको पुनर्स्थापनाका लागि दबाब परेको बताइएको छ ।

विश्व बैङ्कका अध्यक्ष डेभिड माल्पासले सुडानका पछिल्ला घटनाहरूबाट निकै चिन्तित रहेको भन्दै त्यहाँको सामाजिक, आर्थिक उत्थान तथा विकास कार्यमा नाटकीय असर पर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस