निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आले


११ कार्तिक २०७८, बिहिबार


कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को आज महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा मन्त्री मगरले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनः स्थापना गरिनुपर्ने बताए । उनले मुआब्जा दिनका लागि विगतमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः स्थापना गर्न सुझाव दिएको बताए ।

समितिको प्रतिवेदनअनुसार विस्थापित एक हजार ४८० परिवारलाई १० कठ्ठा जग्गा र रु ६० लाख दरले मुआब्जा दिनुपर्ने उनले बताए । वन मन्त्री हुँदा मैले १५ दिनभित्रै निकुञ्ज विस्थापित परिवारको समस्या समाधानका लागि समिति गठन गर्ने बचन दिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस