प्रधानमन्त्री देउवासँग स्पेनका प्रान्तीय सभामुख नेतृत्वको प्रतिनिधिमण्डलको भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवासँग स्पेनका प्रान्तीय सभामुख नेतृत्वको प्रतिनिधिमण्डलको भेट


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको स्पनेको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडो नेतृत्वको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउन लागेकामा खुसी व्यक्त गर्दै त्यसमा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिए ।

स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउने कार्य र यस्ता भेटघाटले नेपाल–स्पेन कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री देउवाको भनाइ थियो । साथै उनले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि जलवायु परिवर्तनले नेपाललाई बढी असर गरेको उल्लेख गर्दै जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा पनि सहकार्य गर्नुपर्नेमा जोड दिएको फाउण्डेसनका सचिव एकराज गिरीले जानकारी दिए ।

सो अवसरमा सभामुख ब्लान्का मार्टिन डेलगाडो व्यस्तताका बाबजुद पनि समय उपलब्ध गराएकामा प्रधानमन्त्री देउवाप्रति आभार व्यक्त गर्दै स्पेनमा फाउण्डेसनले बनाउने परियोजनाले बुद्धको जन्मभूमि नेपालका बारेमा थप प्रचारप्रसार हुने बताए ।

यसले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले बुद्धजन्म भूमिबाट बुद्धको शान्तिको सन्देश स्पेनले संसारभर फैलाउन पाउँदा खुसी भएको उल्लेख गरेका थिए । भेटमा स्पेनका स्थानीय सरकारका प्रमुख, फाउण्डेसनका अध्यक्ष जोसे मानुयल भिलानोभा, उपाध्यक्ष गोविन्द सुवेदी, सचिव गिरीलगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस