शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगन्जले गरेको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुले हिजो (बुधबार) विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने भन्दै फिर्ता लिन माग गरेको हो ।

आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थालाई अविलम्ब कारबाही सहित बढी लिएको रकम सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न पनि अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शुल्क वृद्धिको सम्बन्धमा पर्याप्त प्रमाणसहित विद्यार्थीले पटकपटक चिकित्सा शिक्षा आयोग, डीन कार्यालयलगायत सरोकारवाला निकायमा छानबिन र कारबाहीका लागि निवेदन पेस गर्दा पनि उक्त कार्यको अनुगमन र दोषीलाई कारबाही नभएको पनि विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जले यही कात्तिक ७ गते आयोगले निर्धारण गरेको शुल्क विपरीत विद्यार्थीलाई बढी आर्थिक भार पर्ने र निजी शैक्षिक संस्था सञ्चालकलाई फाइदा पुग्ने गरी अत्यधिक मात्रामा शुल्क वृद्धि गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस