२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोलीवचन सभ्य बनाउन महानिरीक्षक क्षेत्रीको निर्देशन

अ+ अ-

सोलुखुम्बु । नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिए । इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिएका हुन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै उनले शान्तिसुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत प्रहरी कर्मचारीमा नयाँ सोच र योजना निर्माण गर्दै प्रभावकारी सेवामा प्रहरी कर्मचारी अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकारको रु दुई करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको आज एक कार्यक्रमका बीच महानिरीक्षक क्षेत्रीले उद्घाटन गरेका हुन् । यस्तै बिहीबार इलाका प्रहरी कार्यालय नाम्चेमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कबित कटवाल, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही र खुम्बु पासाङल्हामु गाउँपालिका कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पा लगायतको उपस्थिति थियो । सोही कार्यक्रमका अवसरमा निर्माण व्यवसायीद्वय विजय तामाङ र नाम्गेल शेर्पालाई सम्मान गरिएको छ । निर्माणको क्षेत्रबाट पुर्‍याएको योगदानको कदर गर्दै महानिरीक्षक क्षेत्रीले उनीहरुलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस