उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा गुप्ता विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा गुप्ता विजयी


१० कार्तिक २०७८, बुधबार


बागमती । उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) आज विजयी भएका छन् । सङ्घका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएको सङ्घले जनाएको छ । गुप्ताले एक हजार २४६ मत र उनका निकटतम प्रतिद्वन्द्वी न्यौपानेले एक हजार १५५ मत प्राप्त गरेका थिए । सङ्घको ५४/५५औँ साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीन वर्षे कार्यकालका लागि विजयी भएका हुन् ।

गुप्ताको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिहं रानाभाट विजयी भएका छन् । त्यस्तै वस्तुगत उपाध्यक्ष पदमा राजु अधिकारी र एशोसिएट उपाध्यक्ष पदमा उज्ज्वल चौलागाईं विजयी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस