शे-फोक्सुन्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

शे-फोक्सुन्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता


१० कार्तिक २०७८, बुधबार


ढल

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने शे-फोक्सुन्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

दुनैबाट पैदल हिँडेर फोक्सुन्डो जाने क्रममा शे–फोक्सुन्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस