शोक प्रस्ताव पारित गर्न प्रधानन्यायाधीशसहित फुलकोर्ट बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शोक प्रस्ताव पारित गर्न प्रधानन्यायाधीशसहित फुलकोर्ट बस्दै


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका गतिविधिप्रति आपत्ति जनाउँदै १४ न्यायाधीशहरूले यसअघि फुलकोर्टमा नजाने निर्णय गरे पनि आज (बुधबार) भने शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बस्ने भएको छ ।

पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएकाले त्यससम्बन्धी शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्न लागेको हो ।

सरकारी वकिलबाट सेवा प्रवेश गरी न्यायाधीश समेत बनेका पण्डितको बुधबार निधन भएको हो ।

शोकमा इजलास पनि नबस्ने परम्परा छ । प्रधानन्यायाधीश जबरा विवादमा परे पनि उनले बुधबारका लागि ११ वटा इजलास तोकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस