काठमाडौँ प्रहरी प्रमुखको सरुवा उल्टियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ प्रहरी प्रमुखको सरुवा उल्टियो


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ ।

गृह मन्त्रालयले गरेको प्रमुख सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी रहेको छ ।

हिजो (मंगलबार) प्रमुख सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय भएको थियो ।

सिंहको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएको थियो । आफ्नो सरुवा भएको सूचना पाएपछि सिंहले सरुवा रोक्न लबिङ गरेका थिए ।

गृह मन्त्रालयका अधिकारीहरु भने सरुवाबारे अनभिज्ञता प्रकट गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, ‘तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।’

काठमाडौँ प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्य अवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इन्चार्जलाई कम्तीमा एक वर्षसम्म सरुवा गरिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस