२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सही दृष्टिकोण,सकारात्मक सोच र खुसी हुने कला

अ+ अ-

सुख र दुःख जीवनका दुई पाटा हुन् । दुःखी हुनु भन्दा सुखी भएर बाच्नु कहाँ हो कहाँ राम्रो हो तर आफ्नो सुखको महलमा कसैको दुःख, पिडा, वेदना र रोदनको जग नहोस् । यत्ति कुरामा सचेत भईयो भने कसैप्रति कुनै प्रकारको हिंसा हुने छैन।कसैलाई थिचोमिचो नगरी,कसैलाई नदबाई,कसैको अवसर नखोसी,कसैलाई नखसाली आफूलाई माथि उठाउनु सकारात्मक सोचको परिणाम हो । हाम्रो सोच कस्तो छ भन्ने कुरा कस्तो चेतनाको स्तर छ भन्ने कुरामा भर पर्छ । शरीरको स्तरमा चेतना केन्द्रित भएको मान्छेको सोच शरीरसँग सम्बन्धित हुन्छ । शरीर केन्द्रित सोचले शरीरको रङ्ग, रूप र आकारलाई महत्त्व दिन्छ ।

मनले मानसिक, भावले भावनात्मककुरालाई महत्त्व दिन्छ र आत्मा केन्द्रित चेतनामामात्र सही सोचको निर्माण हुन्छ । माहुरीले फूललाई देख्दछ, फुलको सुगन्ध र रस माधुर्य लिन्छ, झिँगाले फोहोरलाई देख्दछ, फोहोरको दुर्गन्ध लिन्छ,फोहोर मै रमाउँछ । झिँगा बन्ने की माहुरी बन्ने आफ्नै छनौट हो । वास्तवमा हरेक मान्छेको स्वको केन्द्र सधैँ स्वच्छ र पवित्र हुन्छ । शरीरका वासना र मनका कामनाले ती पुरा हुने अवस्था आएमा सकारात्मक रूपमा लिने र ती पुरा नहुने अवस्था आएमानकारात्मक रूपमा लिने स्थिति बन्दछ । शरीर र मनको तह भन्दा अलि भित्र पुगेर, स्वच्छ भावना समातेर दिव्य चैतन्यतामा प्रवेश गर्ने जो कोहीको आन्तरिक सूक्ष्म ऊर्जाको संरचना प्रेम, करुणा, ममता, शान्ति र आनन्दले ओतप्रोत हुन्छ । आफै भित्र पस्ने सहज उपाय भनेको योग नै हो । योग कसैलाई घचपच नगरी, कुनै आर्थिक भार विना स्वयंको प्रयासद्वारा स्वयंले प्राप्त गर्न सकिने अनुभूतिजन्य ईश्वरीय ज्ञान हो ।

कुनै पनि विषय वा बस्तु प्रतिको धारणा र त्यसप्रति जनाईने प्रतिक्रिया हाम्रो दृष्टिकोणमा भर पर्छ । यहाँ द्रष्टा मान्छे, दृश्य घटना वा विषय र त्यसप्रति व्यक्तिको दृष्टिकोण हुन्छ, यही दृष्टिकोण आग्रह, पूर्वाग्रह, राग अर्थात् कुनै कुरा मन पराउनु वा द्वेष अर्थात् कुनै कुरा मन नपराउनुका आधारमा दृष्टिकोण बन्दछ । पहिले नै कुनै धारणा बनाई सकेपछि जे भएको हो त्यो कुरालाई जस्ताको तस्तै बुझ्न सकिदैन् । जस्तै कुनै व्यक्ति खरावहो भन्ने धारणा छ भने उस प्रति पूर्वाग्रही दृष्टिकोण बन्न पुग्दछ । भलै उ असल बनिसकेको होस् । असल र खरावको व्याख्या नितान्त आफ्नो अनुभव हो । सकारात्मक दृष्टिकोण बन्न सकेन भने नकारात्मक बन्दै जानेछ । नकारात्मक कुराहरूले मनमा पकड जमाएमा सकारात्मक बन्न धेरै मेहनत गर्नु पर्दछ । जस्तै की कुनै कुरा सपार्न, बनाउन धेरै समय लाग्छ, स्रोतसाधनको आवश्यकता पर्दछ । अर्को तीर कुनै कुरा बिगार्न रत्तिभर समय लाग्दैन । रुख बिरुवा रोप्न हुर्काउन कत्ति समय लाग्छ!बर्सौँ लागेर हुर्किएको रुख काट्न केही मिनेट मात्र लाग्दछ ।

खुसी किन महत्त्वपूर्ण छ ? भन्ने कुरालाई मनन गर्दा मान्छे सफल छ भन्दैमा सुखी छ, खुसी छ भन्न सकिन्न,सफलता ठुलो हो की खुसी हुनु, सुखी हुनु ठुलो हो भन्नु भन्दा खुसी हुँदै, सुखी हुँदै सफलता हासिल गर्नु ठुलो हो भन्नु ठिक हो । मानिस के कारणले खुसी हुन सकिरहेको छैन ?खुसी हुनु मनुष्यको प्राकृतिक स्वभाव हो भने आजको मानिसका खुसीहरू के ले हरण गरिरहेका छन् ?

केही कर्मचारीको उदाहरण लिउ, अधिकांश राष्ट्रसेवक कर्मचारीको मुखैमा झुन्डिएको हुन्छ ! तलब थोरै छ, सुविधा केही छैन, कामको बोझ छ, अवसरहरू सबै अरूले लिएका छन्, मै पेलिएको छु, अहिले सम्म राम्रो ठाउँमा बसेर काम गर्ने अवसर पाएको छैन । उन्नति, प्रगति, पदोन्नति गर्न सकिन जस्ता अभाव नै अभावको खात लगाएर त्यसैको बिछ्यौनामा सुतेको छ । गुनासाको सिरानी र दोषारोपणको सिरक ओढेर सुतेको छ । यस्तै यस्तै मनोभावले ग्रसित राष्ट्रको सेवक अनिन्द्रा, मुटु रोग, उच्च रक्तचाप, मधुमेह, अनि स्नायु रोगबाट पीडित छ । पद हासिल गर्ने, पैसा कमाउने र पावर देखाउने जागिरलाई राम्रो ठानेको छ । आफ्नो अहङ्कारले बलेको र अरूको ईष्याले जलेको छ । आफूले भनेको कुरा पाएन भने निराश बन्छ, आफूलाई पक्षपात भएको महसुस गर्छ, स्वयं पीडित बन्छ । शरीरका वासना, मनका कामना अनि अनियन्त्रित ईच्छ्या, क्रोध, लोभ, मोह, डर, भय यिनै कुरा त हुन खुसीलाई हरण गर्ने।संसारमा अन्याय छ, अत्याचार पनि छ, विकृति विसङ्गति पनि छ, तर के यी कुराहरू हटाउन मेरो मात्र प्रयासले हुन्छ ? हरेक व्यक्ति यस्ता कुरा प्रति सचेत भइदिए अरुलाई सुधार गर्नुपर्ने भनेर कसैले टाउको दुखालाईरहनु पर्दैनथ्यो । आफ्ना दायरामा नभएका कुराहरू प्रति गुनासो गर्नु, आक्रोश पोख्नु, दुःखी हुनु अमूल्य जीवनमा बहुमूल्य ऊर्जाको क्षय गर्नु हो ।

प्रसन्न चित्त, हँसमुख चेहरा, प्रफुल्ल मुद्रा अनि सकारात्मक विचार सहित उत्साहित जाँगरिलो तत्परता,सहयोगी भावना खुसी मानिसका लक्षण हुन् । मनको शान्ति अनि अनुहारमा कान्तिबाट सजिलै आङ्कलन गर्न सकिन्छ, को मान्छे कति खुसी छ भनेर । मानिसको शरीरमा करिब ७० देखि ७२ प्रतिशत रसतत्वको अंश हुन्छ । खुसी हुने वा दुःखी हुने स्वभावमा मुख्य तथा चार प्रकारका रसायनको हात हुन्छ भनी विभिन्न शरीर-रसायन विज्ञानले भन्दछ, मानव शरीरमा खुसीका रसायनको उत्पादन गर्न विभिन्न प्रयोग गरिएका छन् ।

तनाव व्यवस्थापन, सकारात्मक सोच र खुसी व्यवस्थापन उस्तै उस्तै लाग्छन् । पछिल्लो समय खुसी भन्ने कुरालाई बढी जोड दिन थालिएको छ । हामीसँग समय छैन पहिले घृणा गर्ने अनि घृणा गर्नु राम्रो होर्इन भनेर बुझ्ने ततपश्चात् प्रेम गर्न थाल्ने । रोगी हुने अनि रोग लागेको थाहा पाउने, रोग निको पार्ने अनि स्वास्थ्य लाभ गर्न थाल्ने,दुःखी हुने दुःखी हुनु मूर्खता हो भन्ने थाहा पाउने अनि खुसी हुन थाल्ने । शरीर नश्वर छ, क्षण भङ्गुर छ, हरेक मानिसको लागि समय सीमित छ, जन्मिए पछि मृत्यु निश्चित छ, एउटा रुख केही सय वर्ष खडा रहन सक्छ, ढुगां हजारौँ वर्ष टिकी रहन सक्छ, प्राणीहरू मध्ये उत्कृष्ट चेतनाको सम्भावना भएको मानिसको जीवन जुनसुकै वेला विलीन हुन सक्ने शारीरिक संरचना लिएर आएको छ । यस्तो कोमल तरल जीवनमा कहाँ घुमाउरो बाटो हिडिरहनेबरु सिधै स्वास्थ्य, प्रेमल अनि खुसी हुने बाटो उपाय योगले सुझाउँछ । यस्तो ज्ञान उ आफै भित्र छुपेर रहेको छ । योगले यस्तो ज्ञानको उजागर गर्छ ।

शरीरमा खुसीका रसायनको संरचनामा हुने गडबडीले मनलाई खुसी वा दुःखी बनाउने रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ भने हामीलाई आफ्नो मूर्खतापूर्ण भावुकता प्रति दुःखी भईरहने बानी प्रति सजगता उत्पन्न हुन्छ । पहिलो खुसीको रसायनइण्डोरफिनको बारेमा चर्चा गर्दा यो हर्मोनलाइ स्व-उत्पादित मर्फिन, कष्ट पिडा नाशक र असल अनुभव गराउने हर्मोन पनि भनिन्छ । इण्डोर्फिन हर्मोनको गडबडीले छिटो छिटो मुड परिवर्तन हुने, दु:ख पिडाको अनुभव भइरहने हुन्छ । कसैको दुःखी बनिरहने स्वभाव छ भने उसमा इण्डोरफिन हार्मोनको असन्तुलनले गर्दा यस्तो भएको हुनसक्छ तर दुःखी मान्छे कुनै व्यक्ति, विषय बस्तु वा घटनालाई दुःखको कारण बनाइरहन्छ । दुःखको दलदलमा फस्दछ, सुखको अनुभूति गर्न सक्दैन, यो हार्मोन सन्तुलनमा रहे दुःख पिडा कम हुन्छ र मानिसको जीवनलाई जीवन्त खुसीयालीपूर्ण बनाउँछ ।

इन्डोरफिन हार्मोन कसरी बढाउने भन्ने सन्दर्भमा शारीरिक सक्रियता हुने खालका क्रियाकलाप, गतिशिलध्यानविधि, योगाभ्यास, खेलकुद,पौडी, ट्रेकिगं, हाइकिगं, व्यायाम,नृत्य,हास्य,ताली,हिडाइ जस्ता शारीरिक श्रम पश्चात् यो हार्मोनले शरीर, मस्तिष्क सक्रिय बनाउँछ । तीव्र गतिको दौड, शक्ति सञ्चालन, कुण्डलिनी जागरण, कडा हठ योग, शारीरिकब्यायाम, सेक्सुअल इन्टरकोर्ष, सहज योगाभ्यास र एक्युपन्चर, नाचगान, ताली, हास्य क्रिया, अट्टहास, ट्रेकिङ, साइक्लिङ्ग,जुम्बा,स्विमिङ र डान्स आदि जस्ता शरीरला इ सक्रिय गराउने क्रियाकलापले यो हर्मोन सन्तुलनमा ल्याउन सकिन्छ ।

दोस्रो खुसीको रसायनसेरोटोनिनको बारेमा चर्चा गर्दायो हर्मोनको भूमिका मनमा खुसीयाली बढाउने र मस्तिष्कलाई उत्प्रेरित गराउने हुन्छ । साथै आन्तरिक सुख सन्तुष्टि,आत्मविश्वास र आत्मसम्मान पनि बढाउँछ । यसलाई जटिल न्यूरोट्रान्समिटर पनि भनिन्छ ।यो हार्मोन कम भए एक्लोपनाको महसुस,चिन्ता, विषाद, प्यानिक डिसअर्डर, ओसिडी,पिटिएसडि, खानपानमा डिसअर्डर,धेरे अमिलो, पिरो र चिल्लो खान मन लाग्ने बनाउँछ । शरीरमा सेराटोनिन रसायन बढाउन समयमा खाना खाने, घाम ताप्ने, प्राकृतिक र व्यवस्थित जीवनशैली अपनाउने,सात्त्विक भोजन,शान्त र असल आनीबानीबाट यो हार्मोन बढ्दछ । जसको सन्तुलित उपस्थितिले तनाव हटाई शरीर र मनलाई हलुका बनाउँछ,अशान्त बेचैन रहने र छिटो मुड परिवर्तन हुने स्वभावलाई स्थिर बनाउँछ ।

तेस्रो खुसीको रसायनडोपामिनको बारेमा चर्चा गर्दा यो हर्मोनले मायामोह, ममता, प्रेम, करुणा, विश्वास,भरोसा,धैर्यता र सहनशीलता जस्ता कुरा जगाउँछ । डोपामिन हर्मोन सामाजिक जीवन, प्रशंसा, पुरस्कार,उपलब्धि,परिवार सुख, सुमधुर सम्बन्ध,दीगोसफलता, महान् लक्ष्य र कर्मले बढ्दछ । पुरस्कार, सम्मान र प्रशंसासँग सम्बन्धित यो हार्मोन खुसीयाली खोज्ने क्रियाकलापमा र केही एक्स्ट्रोभर्ट व्यवहारमा डोपामिन बढेको पाईएको छ । शरीरमा डोपामिनधेरै हुँदा भने हमेसा उत्सवमय स्वभाव बन्दछ र हरदम आमोद प्रमोद, रमाइलो गर्न मन लाग्ने हुने हुन्छ । परोपकारी सेवा र सहयोग, सामाजिक सक्रियता र समाजसेवा, खेलकुद या कुनै समूहमा आबद्धता,समय अन्तरालमा भ्रमण गर्दा,यात्रा गर्दा, कृतज्ञता वा धन्यवाद ब्यक्तगर्दा, मित्रता या आत्मीय साथी बनाउँदा,दाम्पत्य सुख,परिवार सुख, सन्तान सुख,चाँडपर्वमनाउने आदिले डोपामिन हर्मोन सन्तुलित राख्दछ ।

चौथो हर्मोनअक्सिटोसिनको बारेमा चर्चा गर्दायो हर्मोन दु:खपिडा कम गर्ने, रिल्याक्स अनुभव गराउने र आनन्दको अनुभव गराउने हर्मोनको रूपमा समेत चिनिन्छ। अक्सिटोसिन हर्मोन स्नेहपूर्णस्पर्श, प्रेम,करुणा,ममता,आत्मीयता,मित्रता, विश्वास,भरोसा,भक्तिको अवस्थामा बढ्दछ,जसले परम आनन्द र दिव्यता बढाउँछ, मानिस पारिवारिक बन्धनमा,सामाजिक बन्धनमा बाँधिने यही हर्मोनले गर्दा हो ।सन्तान र मातापिता बिचको सम्बन्ध, गुरु र चेला बिचको सम्बन्ध, प्रेमी र प्रेमिका बिचको सम्बन्ध,घरपालुवा जनावरसँगको सम्बन्धमा अक्सिटोसिन हर्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । यो हर्मोन कसरी बढाउने वा सन्तुलनमा राख्ने सन्दर्भमा अङ्कमाल गर्दा, हात मिलाउँदा, काँधमा थपथपाउँदा,स्नेहपूर्ण स्पर्श, शरीरको मसाज, घाम ताप्ने, घरपालुवा जनावर पाल्ने, हौसला र न्यानोपन, स्पर्श सुख, मित्र सुख, सन्तान सुख र परिवार सुखले अक्सिटोसिन हर्मोनमा सन्तुलन ल्याउँछ,हामी खुसी रहन सक्छौँ ।

शरीरमा खुसीका रसायनको सन्तुलनबाट खुसी हुन र अरुलाई खुसी बाँड्न सकिन्छ । सकारात्मकताले सधैँ अनि सबैलाई खुसी दिन्छ । मानिस पहिले सफल हुनुपर्छ त्यसपछि उ खुसी भइहाल्छ भन्ने पुरानो मान्यता हो, मानिसले खुसीका साथ काम गर्नु पर्दछ र त्यस्तो खुसी मान्छे हरेक क्षेत्रमा सफल बन्छ भन्ने यो आधुनिक मान्यता हो । खुसी हुनु र नहुनुमा खुसीका रसायनहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । खुसीको चाबी हाम्रै हातमा रहेको छ । यसको लागि दृष्टिकोण र जीवनशैली बदल्न जरुरी छ ।