प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो ।

बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८र/०७/०५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदनले औल्याएअनुसार पेशी व्यवस्थापन, वेञ्च गठन लगायतका कुरामा प्रधानन्यायाधीले चासो नदिएको बारले बताएको छ । नीतिगत रुपमा गर्न सकिने नियमावली, कार्यविधि, मापदण्ड निर्माण समेतका काममा र इजलास नियमित गर्ने समेतका कुराहरुमा समेत सुधार नभएको बारको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस