२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा जाजरकोटमा रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण

अ+ अ-

जाजरकोट । तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।

नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताए । भेरी नगरपालिकाको सहकार्यमा उक्त हेलिप्याड निर्माण गरिएको उनको भनाइ थियो ।

पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएका थिए । हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ । हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थलनै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन जटिल हुनाका साथै लामो दूरी पार गर्नुपरेकाले राहतको काममा समेत ढिला हुँदै आएको थियो ।

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गणभित्र निर्माण गरिएको हो । श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरेका थिए

विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपत्को समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पु¥याउने प्रमुख सेनानी गोतामेले बताए ।

अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढीपहिराबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस