२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनमाला टोलका बासिन्दा तिहार नजिकिएसँगै माला उन्न व्यस्त

अ+ अ-

काठमाडौँ । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ ।

बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन् । वर्षौंदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्तबुझ्दो कमाइ हुने बताए ।

धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भएपनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उनी बताउँछन् । पुख्र्यौली पेशाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखि नै फूलखेती गर्दै आएको थाहा पाएको उनले बताए । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको भन्दै उनले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताए ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएका स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउँछन् । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उनी बताउँछिन् । फूलखेतीकै लागि रोजगारीका लागि मलेसिया गएका श्रीमानलाई नेपाल फर्काएको उनी बताउँछिन् ।

स्थानीयवासी सन्तमाया बालाले पनि यस वर्ष ८२ हजार रुपैयाँको माला उत्पादन गरेकी छन् । ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ,’ उनले भनिन् । मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमास समेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको हो ।

बाला गाउँकै दिलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । किसानले बजारमा आफैंले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयाँसम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको २५ देखि ३५ रुपैयाँसम्म दिने गरेका छन् ।

नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउँछिन् ।

फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ भने आम्दानी एक लाख रुपैयाँसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन ।