२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न धानमा दाना लाग्ने भो, न बारीको कोदो नै रह्यो’

अ+ अ-

बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पुर्‍याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।

वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’ उनले भने, ‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रह्यो ।’

जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले सङ्कलन गरिरहेको छ । धानपछिको मुख्य खाद्यान्न बालीका रुपमा रहेको कोदोबालीमा भएको क्षतिले किसान चिन्तित छन् । यसबर्ष धेरै बर्षा भएकाले कोदो पाक्न समय लागेको थियो । ‘दाना लागिसक्नुपर्ने बेलामा फुल खेल्दै थियो, अब बर्षा रोकियो छिट्टै छिपिन्छ भन्नेबेला गह्राभरी बनायो’ उनले भने, ‘अलि तल बेसीमा लगाएको कोदो पाक्ने बेला भएकाले झरेको छ ।’

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर एक हजार ८ सय हेक्टर जमिनमा कोदोबाली लगाइएको छ । स्थानीय जातका तुलनामा विकसित जातका कोदोमा धेरै क्षति धेरै भएको छ । ‘विवरण सङ्कलनको काम भैरहेको छ, अहिलेसम्म लगाइएकोमध्ये २० प्रतिशत कोदोबाली क्षति भएको विवरण तयार भएको छ’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, ‘भित्र्याउनका लागि काटिसकेको कोदोमा भएको क्षतिको मात्रै विवरण लिइएको छ, बारीमा ठाडो रहेको कोदोमा के कति क्षति भयो भन्न सकिँदैन ।’

जिल्लाभर १ सय ३ हेक्टर जमिनको कादोबाली नष्ट हुँदा लाखौंको क्षति किसानले व्यहोर्नु परेको बताइएको छ । अन्य बालीका तुलनामा राहका लागि कोदोबाली कम प्राथमिकतामा पर्ने गरेको किसान चन्द्रमा शर्माले जानकारी दिए ।

‘टनेलको गोलभेँडा कुहिँदा सबैको नजर पर्छ, खेतको धान ढलेको सबैले देख्छन् । बारीको कोदोको कसैलाई वास्ता हुँदैन’ उनले भने, ‘कोदोकै भरमा वर्षभरीको खर्च चलाउने किसान धेरै छौं, हाम्रो बिल्लीबाठ हुन्छ ।’ खेत पर्याप्त नभएका पानी कम लाग्ने टारीमा कोदो खेती गर्ने चलन छ ।

जिल्लामा ५ हजार ८ सय हेक्टर जमिनमा लगाइएको धानमध्ये एक सयदेखि दुइसय हेक्टरको हाराहारीमा धानबाली नष्ट भएको छ । साठी प्रतिशत खेतमा लगाइएको धान ढलेको केन्द्रको तथ्याङ्क छ ।

‘धान ढलेको छ, नपुष्टिन सक्छ, उत्पादन घट्ने निश्चित छ’ उनले भने, ‘अब वर्षा भएन भने अन्यत्र जस्तो क्षति व्यहोर्नुपर्दैन ।’ जिल्लाका बरेङ, जैमिनी, ताराखोला र ढोरपाटनमा कोदोखेती बढी हुन्छ भने गलकोट, जैमिनी, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा धानखेती धेरै हुने गरेको जनाइएको छ । नहर तथा सिँचाइको सुविधा भएका फाँटमा भन्दा बर्षाको पानीका भरमा खेती हुने फाँटहरुमा लगाइएको धानमा बढी क्षति भएको छ ।

बेमौसमी वर्षाले पुर्‍याएको क्षतिका तथ्यांक सङ्कलन गरेर राहताका कार्यक्रमको तयारी गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि आज सरोकारवालको बैठक बस्दै छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर क्षति र राहतका बिषयमा छलफल गर्ने केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए ।