विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन् ।
प्रेस चौतारी मोरङद्वारा आज (मंगलबार) यहाँ आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तमा चल्नुपर्छ भने ।
पूर्व प्रधानमन्त्री ओलीले भने ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।’