रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिन पदाधिकारीसँग छलफल गर्दै काँग्रेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिन पदाधिकारीसँग छलफल गर्दै काँग्रेस


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको निर्वाचन समितिले आज (मंगलबार) पदाधिकारीहरुसँग छलफल गर्दै छ ।

पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।

महाधिवेशन कार्यतालिकाअनुसार गत भदौ १८ गते वडा अधिवेशन थालेको काँग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भइसकेका छन्।

तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये हालसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ वटा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

दसैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए तापनि रसुवामा अधिवेशन प्रक्रिया नै सुरु भएको छैन ।

त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया सुरु भएको छैन । रसुवा र रौतहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन ।

बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया सुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सोही खाकाबारे आज पदाधिकारीसँग छलफल गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस