२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुवातास खेलिरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ

अ+ अ-

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँचजना युवालाई प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३३ वर्षीय वसन्त राई, सोही स्थानका ३८ वर्षीय टीकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हीराधन राई, सोही स्थान बस्ने २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्दै आएका २४ वर्षीय खोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । तासको खालबाटै रङ्गेहात पक्राउ परेका उनीहरुका साथबाट नगद रु ७१ हजार २० र एक बुङ ताससमेत बरामद गरिएको प्रनाउ लम्सालले जानकारी दिएका छन् ।

पक्राउ परेका पाँचैजना युवाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर कानूनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । जुवातास खेलिरहेको भन्ने प्रहरीलाई दिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले हीराधनको कोठाबाट उनीहरुलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङले चाडबाड लक्षित सुरक्षा सतर्कतालाई कडाइका साथ पालना गरेको छ । चाडबाडको समयमा जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातको समयमा जिल्ला प्रवेश गर्ने विभिन्न नाका तथा भीडभाड हुने स्थानहरुमा प्रहरी गस्ती टोली परिचालन गरेको छ ।