एएफसी यू-२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एएफसी यू-२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित


८ कार्तिक २०७८, सोमबार



काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू-२३ टोली इरानसँग पराजित भएको छ ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गरेका थिए ।

त्यस्तै इरानका होसेनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै ३-० गोलको अग्रता दिलाउनुभएको थियो । यासिनले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए । जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अङ्क जोडेको छ भने नेपाल अङ्कबिहिन छ ।

नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस