नगर प्रमुखलाई इन्सेकको ज्ञापनपत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नगर प्रमुखलाई इन्सेकको ज्ञापनपत्र


८ कार्तिक २०७८, सोमबार


भक्तपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश अन्तर्गतको मानवअधिकार समूहको नगरस्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, आवास तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै आज चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

समूहका संयोजक बच्चुराम न्यौपानेको नेतृत्वमा आएको टोलीले प्रमुख सोमप्रसाद मिश्रलाई बुझाएको ज्ञापनपत्रमा नगरपालिकाका नागरिकमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा देखापरेको समस्या पहिचान गर्दै समाधानका लागि ज्ञापनपत्र बुझाएको हो ।

शिक्षामा विषयगत शिक्षकको पदपूर्ति गर्न, स्थानीय पाठ्यक्रममा बाल तथा मानवअधिकारसम्बन्धी विषय समावेश गर्न, विद्यालयको निरन्तर अनुगमन गर्न, शैक्षिक सुधारका लागि योजना बनाउन, सबै विद्यार्थीमा प्राविधिक शिक्षाको पहुँच पुर्‍याउन, सामुदायिक विद्यालयका विद्यार्थीमा अनलाइन कक्षाको पहुँच पुर्‍याउन, अपाङ्गमैत्री शौचालयलगायत माग राखिएको छ ।

स्थानीय क्षेत्रमा रहेको स्वास्थ्य समस्या हटाउन, म्याद गुज्रेका दैनिक औषधि बिक्री रोक्न, कोभिड- १९ को महामारीमा स्वास्थ्य केन्द्रमा भएको लापर्वाही र निःशुल्क पाइने औषधि अभाव अव हुन नदिन, निःशुल्क पाइने औषधिको नामावली सार्वजनिक स्थानमा राख्न, एम्बुलेन्ससेवा सबै वडाबाट सञ्चालन गर्न, आवश्यकतानुसार स्वयम्सेवक परिचालन गर्न केन्द्रमा प्रसूति सेवा विस्तार थर्न र समुदायमा सञ्चालित स्वास्थ्य सेवाबार जानकारी गराउन माग गरिएको छ ।

खाद्य वस्तुको गुणस्तर जाँच गर्न, बजार अनुगमन गरी म्याद गुज्रेका, तौल नपुगेका र महँगोमा सामान बेच्नेलाई कारबाही गर्न, कृषि भूमिको माटो परीक्षण गरी जग्गा खाली राख्नेलाई कारबाही गर्न र राम्रा कृषकलाई प्रोत्साहन एवं अनुदानका कार्यक्रम ल्याउन पनि जोड दिइएको छ भूमिहीन भूकम्प पीडितको समस्या समाधान गर्न आवासविहिनलाई बसोबासको व्यवस्था गनलगयत विषयमा ज्ञापनपत्रमा जोड दिइएको छ ।

संयोजक न्यौपानेसहित समूहका सदस्य प्रल्हादप्रसाद वन, रामगोपाल श्रेष्ठ, राजेश शाही ठकुरी, रामबहादुर श्रेष्ठलगायत टोलीमा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस