महोत्तरीमा निर्वाचन सम्पन्न भएको ४ वर्षपछि पुनः एक वडाको मतगणना हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महोत्तरीमा निर्वाचन सम्पन्न भएको ४ वर्षपछि पुनः एक वडाको मतगणना हुँदै


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।

अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस