२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँडै मन्त्रिपरिषदबाट राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री देउवा

अ+ अ-

मङ्गलबार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् ।

इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उनले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताएका हुन् ।

उनले सरकारले यसअघि नै मृतकका परिवारलाई दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘पहिराले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकालाई घर बनाउन मद्दत गर्छौं, हामीले स्थलगतरुपमा नै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौँ ।’

प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पुर्याएको जनाउँदै सरकार पीडितको साथमा रहेको बताए । पहिरोपीडितलाई सम्बोधन गर्दै उनले भने, ‘हामी तपाईहरुको साथमा छौँ, त्यही भएर हामी आएका हौँ ।’

उनले बाढीपहिराबाट प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताए । उनले भने, ‘नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउन सकिँदैन, धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्, गाउँमा गर्न सकिने कुरा गाउँमा नै पुर्याउन सकिन्छ ।’

यसैगरी नेपाली काँग्रेसका सभापतिसमेत रहेका उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने बताए । काँग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गरेका देउवाले भने, ‘दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।’ देउवाले सहमतिमा नै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

‘भरसक सहमतिमा नै गर्नुहोस्, सहमति नभए प्रतिष्पर्धा हुन्छ, हार्नेले जित्नेलाई सघाउने हो’, उनले भने । निरीक्षणका लागि सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस