चन्द्रागिरि नगरपालिकामा एक अर्बमा प्रसूति अस्पताल निर्माण हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चन्द्रागिरि नगरपालिकामा एक अर्बमा प्रसूति अस्पताल निर्माण हुने


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ ।

जर्मन विकास बैंकको एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ ।

उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ ।

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस