पहाडी जिल्लामा उडान सुरु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पहाडी जिल्लामा उडान सुरु


७ कार्तिक २०७८, आइतबार


गोदावरी । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सुरु गरेको छ ।

वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाई सेवा सुरु गरिएको हो ।

धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाई सेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

पहाडी जिल्लामा हवाई सेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाई भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ ।

धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए ।

धनगढीबाट पहाडी जिल्लामा निगमले हवाई उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस