प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग


७ कार्तिक २०७८, आइतबार


विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।

आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो ।

सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग

काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका छन् ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस