कोलम्बियाका मोस्ट वान्टेड लागु औषध तस्कर ‘ओटोनियल’ पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोलम्बियाका मोस्ट वान्टेड लागु औषध तस्कर ‘ओटोनियल’ पक्राउ


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ। विश्वकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलम्बियाका लागु औषध तस्कर ‘ ओटोनियल’ पक्राउ परेका छन् ।

दायरो एन्टोनियो उसुगा पुरा नाम रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समुहका नाइके मानिन्थे ।

वर्षौँदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलम्बियाको सेना र प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो ।

कोलम्बियाले मोस्ट वान्डेटको सुचीमा रहेका ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो ।

यसैगरी अमेरिकाले उनको टाउकोको मूल्य ५ मिलिएन अमेरिकी डलर तोकेको थियो । उनी पक्राउ परे लगतै कोलम्बियाका राष्ट्रपति इभान ड्युकले भिडियो सन्देश जारी गर्दै देशलाई ठुलो उपलब्धि हासिल भएको जानकारी दिए ।

उनलाई पानामाको सीमा नजिक कोलम्बियामो उत्तर पश्चिम एन्टीकुया प्रान्तबाट पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस