दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोना भाइरस विरुद्धको पूर्ण खोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोना भाइरस विरुद्धको पूर्ण खोप


६ कार्तिक २०७८, शनिबार


सोल । दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।

सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ । कतिपय अवस्थामा ‘कोरोनासँगै जीउन सिकौँ’ भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।

दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको हो । सरकारी अधिकारीहरुका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस