एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी थापालाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी थापालाई


६ कार्तिक २०७८, शनिबार


सुर्खेत । नेकपा(एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापालाई दिइएको छ । 

पार्टीको शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकबाट हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत रहेका थापालाई जिम्मेवारी दिएको हो । 

दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गुमेको थियो । थापा हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदै छ ।

समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइसकेको छ ।

प्रदेश सह–इन्चार्जको जिम्मा चन्द्रबहादुर शाही,  हंस शाही,  शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस