सात किलो चरेशसहित महिला पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सात किलो चरेशसहित महिला पक्राउ


५ कार्तिक २०७८, शुक्रबार


कलैया । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ ।

पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस