चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन्।

शुक्रबार आयोगका पदाधिकारीलाई निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन्।

जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुई जनाले विरोध गर्दैमा केही नहुने भन्दै कर्मचारीलाई आफ्नो दायित्व र कर्तव्य नभुलेर काम गर्न निर्देशन दिए।

‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ। कार्ययोजना बनाउनुस्। गाँठो फुकाउन पहल गर्छु। मेडिकल शिक्षा सुधार्ने काम गरौं। अल्झेका विषयहरु भन्नुस्। अनिर्णीत भएर नबस्नुस्’ उनले भने।

आयोगले सिंगो मेडिकल क्षेत्रलाई प्रभाव पार्नेगरी काम गर्नुपर्ने उनको भनाइ छ। ‘पहिलो चरणमा सय दिनमा गर्न सकिने कामको योजना बनाएर काम गरौं,’ उनले भने– ‘त्यसपछि एक वर्षभित्र ऐन, र कानुनले दिने गरी गर्न सकिने कार्ययोजना बनाएर लागौं प्रतिफल आउँछ।’

मेडिकल शिक्षाको परीक्षा प्रणालीलाई निष्पक्ष बनाएर सक्षम जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस