साहित्य समाजको दर्पण हो : मन्त्री कार्की « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साहित्य समाजको दर्पण हो : मन्त्री कार्की


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलकोरुपमा काम गरिरहेको बताएका छन् ।

पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा उनले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीकारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले भने, ‘सहित्य विधा राजनीति भन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रुपमा रुपान्तरणका लागि सबैबाट योगदान होस् ।’

उनले निष्ठावान र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जानेमात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताए । पत्रकार वियोगीको बाल्यकाल, जन्मोथलो, पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवम् भोगेका विषयवस्तु समेटिएको उक्त कृतिमा २१ वटा लेख समेटिएको छ ।

यात्रामा भोग्नु परेका पीडा, तीता मिठा घटना र पात्र प्रवृत्तिलाई निकै कुशलतापूर्वक प्रस्तुत गरिएको उक्त कृतिमा नेपालका विभिन्न भाग र वर्मासम्मका विषयबस्तु समेटिएको छ । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले पछिल्ला समय साहित्य र संस्कृति विधामा पनि राजनीतिक चलखेलले विकृत तुल्याएको प्रतिक्रिया दिए ।

प्राडा कुमारप्रसाद कोइरालाले मौलिकता र बौद्धिकतामा विश्वास गरी वर्ग विशेषलाई मात्र लक्षित नगरी मानवता र समग्र विश्वहितका लागि लेखिने साहित्यलाई मात्र प्रजातन्त्रवादी साहित्यकारुपमा ग्रहण गर्न सकिने धारणा व्यक्त गरे। पुस्तकका समालोचकद्वय अनुपमा रेग्मी र सविता विमलीले कृति नियात्रालाई चिनाउने मानककारुपमा रहने विश्वास व्यक्त गरे ।

अर्का समालोचक राजकुमार बाँनियाले लोकतन्त्र र पारदर्शीमा विश्वास राख्ने स्रष्टा वियोगीका कृतिमा समेटिएका विषयगत शीर्षकले नै सिर्जना ओजपूर्ण रहेको पुष्टि गर्छ भने । सो अवसरमा प्रजातन्त्रवादी लेखक अङ्क ‘शिवपुरी सन्देश’ पनि विमोचन गरियो । उक्त पत्रिकामा ४२ जना स्रष्टासम्बन्धी जानकारीमूलक लेख समेटिएको छ ।

यसअघि बुढाथोकीका दुई नियात्रासहित १५ कृति प्रकाशित भइसकेको सो अवसरमा जानकारी दिइयो । लेखक बुढाथोकीले आफूले सञ्चालनमा ल्याएको शिवपुरी सन्देश पत्रिकालाई निरन्तरता दिँंदै जीवन्त तुल्याउने अभियानमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस