पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।

‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु गरीने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको बताइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइहरु अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने र आगामी दिनमा नेपाललाई विपद्बाट बचाउनका लागि नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस