२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतको प्रस्ताव पेश

अ+ अ-

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गरे ।

नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४)बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो ।

मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गर्नुअघि केही दिनअघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । उनले अविरल वर्षाकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएका, १८ जना घाइते र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र एक हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराए ।

उनले अविरल वर्षाकै कारण प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको र लगभग ५० हजार हेक्टर जग्गाको धानबालीमा आंशिक क्षति भएको तथा अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाउँदै मृतकका प्रति परिवारलाई रु एक लाख, पूर्ण क्षति भएको घरलाई रु तीन लाख, आंशिक क्षति भएको परिवारलाई रु ३५ हजार र सामान्य क्षति भएका परिवारलाई रु १५ हजार राहतस्वरुप प्रदेश सरकारले प्रदान गर्ने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताए । प्रदेशसभाको अर्को बैठक कात्तिक ७ गते मध्याह्न १२ः३० बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस