एमाले स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले स्थायी कमिटी बैठक जारी


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक जारी छ । ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा हिजो (बिहीबार)देखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ ।

एमालेको आज बसेको दोस्रो बैठकमा १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पनि पेस गर्ने भएको छ।

बिहीबार बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस