२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने

अ+ अ-

काठमाडौँ । सरकारले धनगढी विमानस्थललाई क्षेत्रीय विमान स्थलका रुपमा विकास गर्ने भएको छ ।

सुदूरपश्चिमको भ्रमणका क्रममा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको टोलीमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज (शुक्रवार) विमानस्थल निरीक्षणका क्रममा धनगढी विमानस्थलको गुरुयोजना तत्काल सुरु गरिने बताएका छन् ।

गुरुयोजनामा धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसका लागि ३११ बिघा जमिन आवश्यक भएकाले तत्कालै जग्गा अधिग्रहणको प्रक्रिया थालनी हुने मन्त्री आलेले बताए । हाल यो विमानस्थलसँग ८७ बिघा जग्गा रहेको छ ।

छिमेकी मुलुकको राजधानी दिल्लीबाट धनगढी नजिक भएकोले कैलाश मानसरोवर जाने भारतीय धार्मिक पर्यटकको लागि सहज हुने भएकाले धनगढी विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिनुपर्ने आवाज पर्यटन व्यवसायी तथा निजी क्षेत्रले पहिले देखि उठाउँदै आएको थियो ।

त्यसै गरी, आइतबारदेखि धनगढी विमानस्थलबाट सुदूरपश्चिमका सबै पहाडी जिल्लामा नेपाल वायु सेवा निगमले हवाई सेवा सञ्चालन गर्ने भएको छ ।

मन्त्री आलेले भने, ‘आइतवारदेखि धनगढीबाट पहाडी जिल्लाहरु बझाङ, डोटी, अछाम, बाजुरामा नेपाल वायु सेवाले नियमित उडान गर्छ । प्रधानमन्त्री देउवा समुपस्थितिमा आजैबाट त्यसका लागि तयारी गर्न निर्देशन दिइसकिएको छ ।’

मन्त्री आलेका अनुसार बाढीपहिरोले पहाडी जिल्लाका यातायात अवरुद्ध भइरहेका बेला राहत तथा अत्यावश्यक सामान ढुवानीका लागि पनि हवाई सेवा सञ्चालन भएपछि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस