अर्ली इलेक्सनबारे देउवाले प्रधानमन्त्री भने : गठबन्धनका नेतासँग परामर्श गर्छु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अर्ली इलेक्सनबारे देउवाले प्रधानमन्त्री भने : गठबन्धनका नेतासँग परामर्श गर्छु


५ कार्तिक २०७८, शुक्रबार


धनगढी । वैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।

कैलालीको धनगढीमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् ।

पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही नेताहरुले पहिले वैशाखमा सङ्घको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् ।

काँग्रेसका कतिपय नेताहरुले १४ औँ महाधिवेशन सम्पन्न गरे लगत्तै ताजा जनादेशका लागि वैशाखमा सङ्घको निर्वाचन गर्नुपर्ने आवाज उठाउने गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गरेका थिए ।

अर्ली इलेक्सनको बहस चले पनि वैशाख अघि स्थानीय तहको चुनाव गर्नै पर्ने संवैधानिक बाध्यता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस