धरै क्षति भएका डोटी र बझाङका प्रभावित क्षेत्रमै पुगेनन् प्रधानमन्त्री, घन्टौँ हिँडेर दुख सुनाउन सदरमुकाम आएका पीडित असन्तुष्ट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धरै क्षति भएका डोटी र बझाङका प्रभावित क्षेत्रमै पुगेनन् प्रधानमन्त्री, घन्टौँ हिँडेर दुख सुनाउन सदरमुकाम आएका पीडित असन्तुष्ट


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हिजो (बिहीबार) हेलिकप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा बढी क्षति व्यहोरेका डोटी र बझाङका पीडितलाई भेट्दै नभेटी फर्किएका छन् ।

कतिसम्म भने पहिरोबाट विस्थापित पीडित नै गाउँबाट घन्टौँ हिँडेर सदरमुकाम आउँदासमेत प्रधानमन्त्री देउवाले भेट दिएनन् ।

प्रधानमन्त्री आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटीको दिपायल सिलगढी नगरपालिका ७ कोइरेलीका ३० पीडित दुःख बिसाउन बिहान भोकभोकै हिँडेर राजपुस्थित नेपाली सेनाको ५ नम्बर बाहिनी पुगेका थिए । समूहमा अधिकांश महिला थिए ।

दुई घण्टा पैदल र एक घण्टा नगरपालिकाले नै उपलब्ध गराइदिएको बसमा चढेर उनीहरु ११:३० बजे राजपुर पुगेका थिए । प्रधानमन्त्री ११ बजे नै ब्यारेकमा उत्रिइसकेका थिए ।

उनी भित्र सिडिओ, सुरक्षा निकायमा प्रमुख, जनप्रतिनिधि र स्थानीय नेताहरुसँग छलफल गर्दै थिए । पहिरोपीडित मनभरि संगालेका दुःख प्रधानमन्त्रीलाई सुनाउन ब्यारेकबाहिर चिसो भुईँमा प्रतिक्षारत थिए ।

१२ः१५ बजे प्रधानमन्त्रीले ब्यारेकभित्रको छलफल टुङ्ग्याए तर, पीडितलाई भेटेनन् । सीधै हेलिकप्टर चढेर बझाङका लागि उडे जब कि उनलाई ब्यारेकबाहिर पीडितहरु कुरिरहेको जानकारी गराइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस